प्युठानमा बस दुर्घटना

सहयात्रा टिभी

प्युठान । कार्तिक–०४, प्युठानको तिराम–मुर्कुटी सडकअन्तर्गत गोलबाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

                                                                              (फाइल तस्बिर)

घटनास्थलमै रहेका प्रहरी जवान डिल्ली बिकले माण्डवि गाउँपालिका २ तिरामबाट दाङतर्फ जाँदै गरेको राप्ती सार्वजनिक बस ब्याबसायी समितीको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान सडकबाट करीब एक सय मिटर तल खसेर दुर्घटना भएको जानकारी दिएकाछन् ।उनका अनुसार मृत्यु हुनेमा दाङ घर भएका बस चालक ४० बर्षीय तारा राना रहेका छन। त्यस्तै, प्युठानको माण्डवि १ तिराम बस्ने बर्ष ६६ का गोकर्ण अधिकारी, बर्ष ४५ कि लक्षमीखत्री र दाङको बंगलाचुलीगाउँपालिका बस्ने ३० बर्षीया बसन्ता बिक घाइते भएकाछन् । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते सबैलाई उपचारका लागि दाङ पठाईएको बिकले जानकारी दिए ।

प्रकाशित : 20 October, 2020

प्रतिक्रिया दिनुहोस्