भारतीय सेना प्रमुखसँग भेट्दै प्रधानमन्त्री ओली
काठमाडौं । कार्तिक–२१,नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवाणे र प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रवार औपचारिक भेटवार्ता गर्दैछन् ।
दिउँसो प्रधानमन्त्री निवास बालुवाटार हुने भेटवार्तामा दुई देशबीच सैन्य सहयोग आदनप्रदानका साथै नेपाल भारतबीच बढेको सीमा विवाद लगायतका विषयमा छलफल हुने बताइएको छ । केही समय अघि भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग बालुवाटारमा भेटवार्ता भएपछि चौतर्फी आलोचना भैरहेका बेला प्रधानमन्त्री ओलीले भारतीय सेनाध्यक्ष नरवणेसँग औपचारिक भेटवार्ता गर्न लागेकाहुन् ।नेपालले अरु देशको उक्साहटमा लिम्पियाधुरा,लिपुलेक र कालापानीसहितको भूमी समेटेर नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएपछि नरवणेको नेपालभित्र चर्को आलोचना भएको थियो । भारतीय सेनाप्रमुख नरवणेले आज विहान शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड स्टाफ कलेजमा सम्बोधन गर्ने कार्यक्रम रहेको पनि बताइएको छ ।बुधबार नेपाल आएका नरवणे आजै अपरान्ह स्वदेश फर्कने कार्यक्रम रहेको पनि स्रोतले जनाएको छ ।