स्वास्थ्यकर्मीमा कोरोना पुष्टिपछि अस्पताल सिल

लहान । कार्तिक–२४, लहानस्थित फ्रेन्ड्स मोडेल अस्पतालमा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको छ ।
यहाँ कार्यरत ३० वर्षीया ल्याब टेक्निसियन र अर्का २८ वर्षीय स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको हो ।नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले यही कात्तिक १९ गते लहान नगरपालिकाले ४० जनाको निःशुल्क स्वाब संकलन गरी पिसीआर परीक्षण गर्दा अस्पतालका दुई स्वास्थ्यकर्मीसहित २० जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए।