केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालमा कोरोना :पछिल्लो २४घण्टामा थप २ हजार ५७१ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या १ लाख ९७ हजार २४ पुग्यो

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–२४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार १७७ जनाको आरटीपीसीआर परीक्षणमा दुई हजार ५७१ सङ्क्रमित थपिएका छन् ।थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ९७ हजार २४ पुगेको छ ।

हाल ३६ हजार १७४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयको अनुसार पछिल्लोे २४ घण्टामा एक हजार ७९८ सङ्क्रमित निको भएसँगै हालसम्म एक लाख ५९ हजार ७२४ जना निको भएर घर फर्केका छन् । १८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ ।यो संगै हालसम्म मृत्यु हुनेको संख्या एक हजार १२६ पुगेको छ ।

प्रकाशित : 9 November, 2020

प्रतिक्रिया दिनुहोस्