केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आईसीयू र भेन्टिलेटरमा विरामीको चाप बढ्दै : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–२४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसारनेपालमा ८२ जना कोरोना संक्रमितमा गम्भीर स्वास्थ्य समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ । आईसीयूमा राखेर ३९८ जनाको उपचार भैरहेको जनाइएको छ ।

काठमाडौं उपत्यकामा अस्पतालहरुमा कोरोना संक्रमितको चाप निक्कै धेरै छ भने उपत्यका बाहिरका जिल्लाका अस्पताहरुमा समेत संक्रमितको संख्या बढ्दैगएको पाइएको छ । बाहिरी जिल्लाहरुका अस्पतालमा सामान्यदेखि भेन्टिलेटरहरुको संख्या सन्तोषजनक नै छ । सरकारी तथा गैरसरकारी निकायले संस्थागत आइसोलेशन तथा भएका अस्पतालहरुमा अक्सिजन लगायत अत्यावश्यक सामाग्रीको व्यवस्थापनमा निक्कै सकृयता देखाएका छन् ।कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित भएको बागमती प्रदेशको काठमाडौं, ललिलपुर र भक्तपुरमा रहेका अस्पतालहरुमा कोरोना संक्रमितको चाप अत्याधिक छ भने बाहिरी जिल्लाहरुमा रहेका अस्पतालमा पनि चाप क्रमशः बढ्न थालेको काठमाडौं उपत्यकाका अस्पतालमा संक्रमितको चाप बढिरहेको बताउँछन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी।जुन जिल्लामा सकृय संक्रमितहरुको सख्या पाँच सयभन्दा धेरै छ त्यो जिल्लामा रहेका अस्पतालहरुमा बिरामीको चाप धेरै छ । धेरै संक्रमित भएको जिल्लामा होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा बस्नेहरुको संख्या समेत धेरै रहेकाले आईसीयु तथा भेन्टिेलेटरमा राखेर उपचार गर्नुपर्ने र अक्सिजन दिनुपर्ने बिरामी मात्रै अस्पताल आएका जनाइएको छ । नेपालमा ३५ हजार ४१९ आइसोलेशनमा रहेकोमध्ये २९ हजार १९७ जना होम आइसोलेशनमै छन् । त्यस्तै, काठमाडौमा ५६ हजार २७३ जनाले कोरोनालाई जितेकाछन् । काठमाडौमा कोरोनाको कारण २७२ जनाको मृत्यु भैसकेको छ । अहिले नेपालका झापा,मोरङ,सुनसरी,काठमाडौै, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, नवलपरासी पूर्व, दाङ र रुपन्देहीमा सकृय सक्रमितको संख्या पाँच सयभन्दा धेरै रहेको मन्त्रालयले जनाएको छ । त्यस जिल्लामा रहेका अस्पतालहरुमा संक्रमितको चाप बढी छ । अरु धेरै जिल्लामा सामान्य बेडमा राखेर र होम आइसोलेशनमा राखेर संक्रमितको उपचार भैरहेको छ ।पछिल्लो समय अस्पतालमा जानेभन्दा पनि घरमै आइसोलशन बनाएर बस्नेहरुको संख्या बढेको मन्त्रालयले जनाएको छ । सातवटै प्रदेशमा आईसीयुमा रहेर उपचार गराउने संक्रमितको संख्या ३९८ छ । त्योमध्ये सबैभन्दा धेरै आइसीयूमा राखेर उपचार बागमती प्रदेशमा भैरहेको छ । यो प्रदेशमा १८० जनाको आइसीयूमा राखेर उपचार भैरहेको छ । भने सबैभन्दा कम कर्णाली प्रदेशमा पाँच जना संक्रमितको आईसीयुमा राखेर उपचार भैरहेको छ । हाल सम्म ८२ जनासंक्रमितको भेन्टिलेटरमा राखेर उपचार भईरहेकोमा बागमती प्रदेशमा मात्रै ४१ जनाको भेन्टिलेटरमा उपचार भईरहेको मन्त्रालयले बताएको छ ।

प्रकाशित : 9 November, 2020

प्रतिक्रिया दिनुहोस्