केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लोकप्रिय हाँस्य टेली श्रृङ्खला ‘सक्किगोनी’ मंसिर २५ गतेदेखि हिमालय टीभीमा प्रसारण हुने

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–२५, नेपालको लोकप्रिय हाँस्य टेली श्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टीभीबाट प्रसारण हुने भएको छ ।

 

कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला केही सातापछि हिमालय टीभीबाट प्रसारण सुरु हुने जानकारी दिएकाछन् ।निर्देशक कट्टेल भन्छन् ‘पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको लगानी र प्राथमिकताबाट हामी प्रभावित भयौं’,‘कार्यक्रमलाई अझै उचाईमा पु¥याउन हामीले हिमालय टीभीसँग सहकार्य थालेका छौं ।’हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने सक्किगोनी श्रृङखलालाई जेपीटी क्रियशनले निर्माण गर्ने कट्टेल बताउँछन् ।

‘‘सक्किगोनी’को बजार व्यवस्थाको लागि एड प्याड प्रा.लि.लाई अनुबन्ध गरिएको छ ।साँझ ७ बजे प्राइमटाइम न्यूज ‘खास खवर’ प्रसारण गरिरहेको हिमालय टीभी एचडीले साँझ ८ बजेलाई इन्टरटेनमेन्ट टाइमका रुपमा लोकप्रिय मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण गरिरहेको छ ।
हिमालय टेलिभिजनले पछिल्लो समय बजारमा पहिलो श्रेणीमा रहेका कार्यक्रमहरु उत्पादन एवं प्रसारण गर्दै आएको छ । द भ्वाइस अफ नेपाल, डान्सिङ वीथ द स्टार, हिमालय रोडिज लगायत अन्तराष्ट्रियस्तरमा नम्बर एक बन्न सफल कन्टेन्टहरुको उत्पादन तथा प्रसारण हिमालय टीभी एचडील गरिरहेको छ ।

सक्किगोनी आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुने छ । हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलल शहरदेखि गाउँसम्म राती ८ बजे टीभी हेर्ने मुख्य समय भएकाले यही समयमा लोकप्रिय हाँस्य श्रृङखला प्रसारण गर्न लागिएको जानकारी दिए ।‘‘सक्किगोनी’ टीमले आफ्नो सिर्जनशीलतालाई प्रमाणित गरिसकेको छ, लाखौं करोडौं मानिस सक्किगोनीका चरित्र र कलाकारसँग गहिरोसँग बाँधिएका छन’ कार्यकारी निर्देशक कडेल थप्छन् – ‘यस्ता लोकप्रिय कलाकारहरुको टीमसँग काम गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।’ ‘”सक्किगोनी” टिमलाई शुभकामना!

प्रकाशित : 10 November, 2020

प्रतिक्रिया दिनुहोस्