काठमाडौँमा बसको ठक्करबाट एक जनाको मृत्यु, फरार बस नियन्त्रणमा

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–२५, काठमाडौंमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नं ५ मा रहेको हिमाल पेट्रोल पम्पनजिक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

थानकोट प्रहरीले सर्लाहीको मंलग्वाबाट काठमाडौँ आइरहेको ना ५ ख ८४७४ नम्वरको यात्रुबाहक बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जनाएको छ ।महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले मंगलबार बिहान साढे ४ बजे बसले ठक्कर दिँदा बाजुरा घर भई थानकोट बस्दै आएका ४० वर्षीय नवीन लोहारको मृत्यु भएको बताए ।उनी तरकारी बेच्न हिँडिरहेका बेला पहेँलो रंगको बसले ठक्कर दिएको थियो । घाइते लोहारलाई उपचार गर्न ओम समाज अस्पताल सतुंगलमा पुर्याएलगत्तै पौने ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनलाई ठक्कर दिएर बस फरार भएको थियो । फरार बस हुलिया र सडकमा जोडिएको सिसी टिभी फुटेजको आधारमा समातिएको छ । सवारी चालक सुनिल श्रेष्ठ र यात्रुबाहक बसलाई पेप्सीकोलाबाट नियन्त्रणमा लिन सफल भएको थानकोट प्रहरी वृत्तका प्रमुख घनश्याम श्रेष्ठले बताए ।थानकोट प्रहरीले सवारी चालक सुनिल श्रेष्ठ र यात्रुबाहक बसलाई पेप्सीकोलाबाट नियन्त्रणमा लिई सवारी ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : 10 November, 2020

प्रतिक्रिया दिनुहोस्