केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालमा कोरोना : पछिल्लो २४ घण्टामा थप २ हजार ७३६ जनामा कोरोना पुष्टि,कुल संक्रमित संख्या २ लाख नजिक

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–२५,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका दुई हजार ७३६ सङ्क्रमित थपिएका छन् । भने ८५३ सङ्क्रमित निको भएर घर फर्केका छन् ।थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ९९ हजार ७६० पुगेको छ ।

हाल ३८ हजार ३५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।पछिल्लो चौबीस घण्टामा ८५३ सङ्क्रमित निको भएसँगै हालसम्म एक लाख ६० हजार ५७७ जना निको भएर घर फर्केका छन् ।भने पछिल्लो चौबीस घण्टामा २२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १४८ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 10 November, 2020

प्रतिक्रिया दिनुहोस्