केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालमा कोरोना :पछिल्लो २४ घण्टामा थप २ हजार ५६९ जनामा कोरोना पुष्टि,कुल संक्रमित संख्या २ लाख २ हजार ३२९ पुग्यो

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–२६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार३ सय २९ पुगेको छ ।


यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ६ सय ६६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ जना पुगेको छ ।त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ८१ पीसीआर परीक्षण भएका छन् भने हालसम्म पीसीआर विधिबाट १५ लाख ७४ हजार २ सय ९५ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 11 November, 2020

प्रतिक्रिया दिनुहोस्