बालिकाको विभत्स हत्या

सहयात्रा टिभी

मकवानपुर । मंसिर–०४, मकवानपुरमा एक बालिकाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले वाग्मती गाउँपालिका–७ लामिटार निवासी शेरबहादुर पाख्रिनकी तीन वर्षिया छोरी रुबिनाको हत्या भएको जनाएको छ ।

प्रहरीका अनुसार बालिका बुधबार दिउँसो ३ बजेदेखि हराइरहेकी थिइन् । घरभन्दा केही पर खोल्सामा गम्भीर घाइते अवस्थामा बुधबार साँझ फेला पारिएको बताइएको छ। उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत्यु भइसकेको जानकारी दिएको जनाइएको छ ।प्रहरीका अनुसार घटनास्थल नजिक उनको कट्टु फेला परेको थियो । शरीरभरि रगत रहेको लागेको र चोटहरू थिए । बलात्कारपछि ढुंगाले हानेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । बालिकाको विभत्स तरिकाले हत्या गरिएको प्रहरीले जनाएको छ । उनको बलात्कार गरी हत्या गरिएको आशंका गरिएको छ । घटनामा संलग्न भएको आशङ्कामा दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रकाशित : 19 November, 2020

प्रतिक्रिया दिनुहोस्