चीनले पाँच करोड युआन बराबरको सैन्य सहयोग नेपाललाई दिने
सहयात्रा टिभी
काठमाडौं । मंसिर–१५, चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउनका लागि पाँच करोड युआन बराबरको सैन्य सहयोग दिने भएको छ ।
नेपाली सेनाको क्षमता अभिवृद्धि, तथा सेनालाई आवश्यक पर्ने प्रतिरक्षा सामग्री तथा कोभिड(१९ महामारीविरुद्धको प्रतिकार्यका निम्ति रकम प्रदान गर्ने घोषणा गरेको हो ।
चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेतृत्वको प्रतिनिधिमण्डल र प्रधानसेनापति पूर्णचन्द्र थापा नेतृत्वको प्रमण्डलबीच जङ्गी अड्डाम भएको द्विपक्षीय वार्तामा दुवै देशका सेनाबीचको विद्यमान सौहार्दपूर्ण मित्रवत् सम्बन्धलाई सुमधुर, मजबुत एवं अझ विस्तार गर्न अतिरिक्त सहयोग स्वरुप त्यस रकम बराबरको सैन्य सहायता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त भएको रक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताए ।