नेकपा सचिवालय बैठकमा दुई अध्यक्षबीच रस्साकस्सी, ओलीको प्रस्ताव बहुमतले अस्वीकृत

सहयात्रा टिभी

काठमाडौं । मंसिर–१७, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्र थप अल्पमतमा पर्दै गएका छन् ।

मंगलवार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्ताव फिर्ता लिनुपर्ने अध्यक्ष ओलीको प्रस्ताव पुनः बहुमतले अस्वीकृत भएको छ । प्रधानमन्त्री ओलीको प्रस्तावमा अर्थमन्त्री तथा पार्टी महासचिव विष्णु पौडेलले मात्र समर्थन गरेपछि अध्यक्ष ओली समूह थप कमजोर बन्दै गएको हो ।

मंगलवार बसेको बैठकमा शुरुमै अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन नभई आरोप भएकाले छलफल हुन नसक्ने बताएका थिए । यस्तै कार्यकारी अध्यक्ष दाहालसँग बैठक बोलाउने अधिकार पनि नभएको जिकिर गर्दै प्रधानमन्त्री ओलीले बैठक स्थगित गर्न दबाब दिएका थिए । जवाफमा दाहालले आफ्नो राजनीतिक प्रतिवेदन बहुमत सदस्यको साझा दस्तावेज भएको र कुनै हालतमा वैठक स्थगित नहुने अडान लिएपछि सो विषयले बैठकको माहौल निकै तताएको थियो ।

प्रकाशित : 2 December, 2020

प्रतिक्रिया दिनुहोस्