जापानमा बस्ने सबै नागरिकले कोरोनाको खोप निःशुल्क लगाउन पाउने

काठमाडौं । मंसिर–१८, जापानले आफ्नो देशमा बस्ने सबैलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेका बेला जापानको संसद्ले एउटा कानुन नै पारित गरेर देशमा रहेका सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।
जापानमा कोरोनाका कारण अहिलेसम्म दुई हजार एक सय जनाको ज्यान गएको छ भने एक लाख ५० हजार सङ्क्रमित भएका छन् । तुलनात्मक रूपमा जापानमा कोरोना भाइरसको महामारी कम देखिएको छ ।