प्रतिघण्टा २८० किलोमिटरको गतिमा गुडिरहेको रेलको ढोका खुलेपछि…

सहयात्रा टिभी

जापान । मंसिर–१८, बुधबार जापानमा प्रतिघण्टा २८० किलोमिटरको गतिमा गुडिरहेको एउटा रेलको ढोका आकस्मिक खुल्यो तर ढोका नजिक कोही यात्रु नरहेकाले आकस्कि ढोका खुल्दा यात्रुहरु सुरक्षित रहे । रेलमा तीन सय ४० जना यात्रु सवार थिए ।

तीव्र गतिमा रहेको रेलको ढोका खुलेपछि आपत्कालीन रुपमा रोकिएको थियो । उक्त रेल एउटा सुरुङभित्र १५ मिनेट रोकिएको थियो ।

रेल सफा गर्ने कर्मचारीले रेलको ढोका हातैले खोल्न सकिने एउटा उपकरण बन्द गर्न बिर्सिएका कारण यस्तो घटना भएको द इस्ट जापान रेल वे कम्पनीले बताएको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित : 3 December, 2020

प्रतिक्रिया दिनुहोस्