कोरोना सङ्क्रमणका कारण फ्रान्सका पूर्वराष्ट्रपतिको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । मंसिर–१९, फ्रान्सका पूर्वराष्ट्रपति भेलेरी गिसकार्ड डिएस्टेङ्गको कोरोनाका कारण मृत्यु भएको छ ।


९४ वर्षका उनलाई केही दिनअघि श्वासप्रश्वासमा समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालबाट स्वस्थ भएर घर फर्किए पनि उनको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९७४ देखि १९८१ सम्म राष्ट्रपति रहेका उनी युरोपेली संघका प्रमुख संस्थापक समेत रहेका थिए ।

प्रकाशित : 4 December, 2020

प्रतिक्रिया दिनुहोस्