नेकपाको विवाद उत्कर्षमा, स्थायी कमिटी बैठकमा ओली सहभागी हुने/नहुने अनिश्चित

सहयात्रा टिभी

काठमाडौं । मंसिर–२१, सत्तारुढ नेकपाभित्रको विवाद झनै पेचिलो बनेको छ ।


दुई अध्यक्षको प्रतिवेदनमा सहमति जुटाउन सचिवालय बैठक असफल भएपछि विवाद स्थायी कमिटी बैठकमा प्रवेश गर्दैछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको असहमतिबीच आइतबार पार्टी कार्यालय धुम्बराहीमा स्थायी कमिटी बैठक बोलाइएको हो ।

स्थायी कमिटी बैठकमा ओली उपस्थित हुने वा नहुने भन्ने अनिश्चित देखिएको छ । शनिबारको बैठकमा ओलीले पार्टीमा देखिएको विवाद सचिवालय बैठकबाटै समाधान गर्नुपर्नेमा जोड दिएका थिए । तर सचिवालय बैठकमा सहमति हुन नसकेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्षले दुवै प्रस्ताव स्थायी कमिटीको बैठकमा लगेर छलफल गर्नुपर्ने अडान लिएका थिए। शनिबारको सचिवालय बैठकले दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा लगेर छलफल गर्ने सचिवालय बैठकले निर्णय गरेको छ ।

प्रकाशित : 6 December, 2020

प्रतिक्रिया दिनुहोस्