प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै, कांग्रेसका एजेण्डा के छन् ?

सहयात्रा टिभी

काठमाडौं । मंसिर–२३, प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । आफ्नै पार्टीभित्र विवाद बढे संगै विपक्षीले संसद् अधिवेशन बोलाउन माग गरेको र राजतन्त्रको पक्षमा प्रदर्शन भइरहेका बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको हो ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरु सहभागी हुनेछन् । बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठकमा उठाउने एजेण्डा तय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठकका लागि कांग्रेसका तर्फबाट एजेन्डा तयार गर्न सोमबार शीर्ष नेताहरूको बैठक बोलाउनुभएको थियो । कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण नागरिकमा निराशा छाएको, राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन भईरहेको लगायतका विषयमा सरकाको ध्यानाकर्षण गराउने कांग्रेसको तयारी रहेको स्रोतको भनाई छ ।

 

प्रकाशित : 8 December, 2020

प्रतिक्रिया दिनुहोस्