एलपी ग्यासको मूल्य पसल अनुसार फरक
सहयात्रा टिभी
डडेल्धुरा । मंसिर–२४, डडेल्धुरा जिल्लामा पसल अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य फरक फरक लिने गरेको भेटिएको छ ।
ग्यास डिलरमा एक मूल्य तथा सव डिलरमा अर्को मूल्य लिइ ग्यास बिक्री वितरण गर्न थालेको उपभोक्ताले गुनासो गरेका छन् ।जिल्लाको बागबजार, तुफानडाडाँ कृतिपुर, विद्युतरोड र पोखरा बजारमा खाना पकाउने एलपी ग्यासमा रकम बढी लिई ग्यास बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता मारमा परेका छन् ।