पारस खड्कालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । मंसिर–२७, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ ।
उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका हुन्। कोरोना पुष्टि भएपछि आफू होम आइसोलेसनमै बसेको बताएका छन्। आफूलाई कोरोना संक्रमण पुष्टिसँगै शनिबारबाट सुरु हुने गौतमबुद्ध कप क्रिकेटमा सहभागी हुन नपाउने भन्दै उनले दुःख व्यक्तसमेत गरेका छन् ।