जसपाका नेताहरुले भेटे सभामुख सापकोटा, संसद बैठक बोलाउन आग्रह
सहयात्रा टिभी
काठमाडौं पुस ९, जनता समाजवादी पार्टी नेपालका नेताहरुले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटघाट गरेका छन् ।
बिहीवार (आज) जसपाका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण लगायतले सभामुख सापकोटालाई सिंहदरवारमा भेटघाट गरेका हुन् ।
प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद जीवितै रहने भन्दै सभामुख सापकोटासँग नेताहरुले बैठक बोलाउन आग्रह समेत गरेका छन् ।
त्यस्तै सभामुख सापकोटा सरकार गठन गर्ने विकल्प रहँदासम्म संसद् विघटन हुन नसक्ने बताउँदै आएका छन् ।बुधवार एक विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा सरकार गठन गर्ने स्पष्ट व्यवस्था गरिएको जिकिर गरेका छन्।