मनकामना केबुलकार सात दिनका लागि बन्द हुने

सहयात्रा टिभी

चितवन । पुस १३, नियमित मर्मतसम्भारका लागि मनकामना केबुलकार सात दिनका लागि बन्द हुने भएको छ । यही पुस १४ देखि २० गतेसम्म केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

विश्वभर फैलिको कोरोना महामारीका कारण नौ महिना बन्द भएको केबुलकार गत मंसिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो ।

नियमित मर्मतसम्भारपछि पुस २१ गते मंगलबारदेखि केबुलकार पुनः सञ्चालन हुने कम्पनीले जनाएको छ ।

 

 

प्रकाशित : 28 December, 2020

प्रतिक्रिया दिनुहोस्