केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दक्षिण अफ्रिकामा कोरोना संक्रमित बढ्दो क्रममा

सहयात्रा टिभी

काठमाण्डौं । पुस १३ , आइतबार मात्र दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्रि जेवेली मखाइजले मुलुकमा कोरोना संक्रमितको संख्या १० लाख भन्दा बढि भएको घोषणा गरेका हुन् । दक्षिण अफ्रिकामा कोरोनाको नयाँ प्रकार (भेरियन्ट) देखापरेको केहि दिनमा नै कोरोना संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । पछिल्लो केहि दिनयता दक्षिण अफ्रिकामा कोरोना संक्रमित उल्लेख्य मात्रामा थपिएका छन् ।

गत साता दक्षिण अफ्रिकामा दैनिक ११ हजार कोरोना संक्रमित थपिएका थिए । यो संख्या अघिल्लो एक साताको तुलनामा ३९ प्रतिशतले वृद्धि भएको हो । दक्षिण अफ्रिकामा बढ्दो संक्रमण नियन्त्रणको लागी राष्ट्रपति सिरिल रामापोसाले थप प्रतिबन्धका नियम सार्वजनिक गर्ने अपेक्षा छ ।

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ संक्रमण देखिएसँगै दक्षिण अफ्रिकामाथि केहि मुलुकहरुले यातायातमा प्रतिबन्ध लगाएका छन् । अहिलेसम्म दक्षिण अफ्रिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ हजार ७ सय ३५ भन्दा बढि नाघिसकेको छ । अफ्रिकि महादेशमा, दक्षिण अफ्रिका कोरोनाबाट सबैभन्दा बढि प्रभावित मुलुक रहेको छ ।

प्रकाशित : 28 December, 2020

प्रतिक्रिया दिनुहोस्