प्रधानमन्त्री ओली कायरझैं भाग्नुभयो

सहयात्रा टिभी

काठमाण्डौ । पुस १४, प्रधानमन्त्री केपी शर्मा ओली संसदको सामना गर्न नसकेर कायरझैं भागेको भनी नेपाली कांग्रेसका नेता गगन थापाले बताएका छन्।

थापाले नेपालगञ्जमा मंगलबार पत्रकार सम्मेलनमा भने, ‘संसद फेस गर्न नसक्ने ? अविश्वास फेस गर्न नसक्ने ?’‘जो संसदको सामना गर्न नसकेर कायरजस्तो भागेको छ ऊ सडकमा क्रान्तिकारीजस्तो देखिएको छ,’संसदमा अविश्वास प्रस्ताव फेस गर्न नसक्ने अवस्थापछि प्रधानमन्त्रीले प्रतिनिधि सभा नै भंग गरेको थापाको आरोप छ।

उनले प्रतिनिधि सभा भंग हुनु असंवैधानिक भएको बताएका छन्।उनले संविधानमाथि राष्ट्रपति र प्रधानमन्त्रीले जालझेल गरेको तथा अपव्याख्या पनि गरेको भनी बताएका छन्।
यस विषयमा अदालतले न्याय दिनुपर्ने थापाको भनाइ छ।

उनले भने, ‘संविधानमा लेखेको कुरा मात्रै अदालतले हेरे पुग्छ।’‘अदालतको चार किल्लाभित्र न्याय र विवेकको हत्या नहोस्।’

विगतमा संसद भंग गरेका प्रधानमन्त्रीहरूले राजीनामा दिएको उल्लेख गर्दै थापाले प्रधानमन्त्री ओलीले राजीनामा नदिएर अझै मन्त्रिपरिषद विस्तार गरिरहेको बताए।बहुमतप्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने नजिर स्थापना भएमा भोलिका दिनमा सनकका भरमा प्रधानमन्त्रीले संसद भंग गरिदिने पनि थापाले बताएका छन्।

प्रकाशित : 29 December, 2020

प्रतिक्रिया दिनुहोस्