कोरोनाका कारण टेलिकम क्षेत्रको आम्दानीमा गिरावट

सहयात्रा टिभी

कोभिड–१९ (कोरोना भाइरस) का कारण टेलिकम क्षेत्रले वृहत रुपमा आय गुमाउन थालेको छ । नेपालका दुई ठूला टेलिकम कम्पनी (नेपाल टेलिकम र एनसेल) को पछिल्ला ३ र ६ महिनाको वित्तीय विवरणअनुसार यो क्षेत्रले आम्दानी र नाफा गुमाउँदै जान थालेको देखिन्छ । एनसेलले सार्वजनिक गरेको आफ्नो पछिल्लो ३ महिनाको वित्तीय विवरणअनुसार कम्पनीले गत वर्षको पछिल्लो ६ महिनाको तुलनामा यो वर्षको पहिलो ६ महिनामा ठूलो परिमाणमा आय र नाफा गुमाएको छ ।

नेपालको अर्को टेलिकम कम्पनी नेपाल टेलिकमको पनि एनसेलको जस्तै आय र नाफामा कमी आएको वित्तीय विवरणले देखाएको छ । गत आर्थिक वर्षको अन्तिम त्रैमासिक (२०७७ वैशाख–असार) मा नेपाल टेलिकमको खुद नाफा दुईतिहाइले कमी आएको वित्तीय विवरणमा उल्लेख छ ।
नेपालमा टेलिकम प्रयोगकर्ताले फोन गर्नुको सट्टा ओभर दि टप सेवा प्रयोग गरी कल गर्न थालेपछि भ्वाइस सेवाको आम्दानीमा कमी आएको टेलिकमको तथ्यांक छ ।कोरोनाका कारण रोमिङ सेवाबाट हुने आय घटेको, सरकारको निर्देशनअनुसार भ्वाइस र डेटा सेवामा लकडाउन अवधिभर ३० प्रतिशतले छुट दिएका कारण आम्दानी र नाफामा कमी आएको टेलिकमको तथ्यांक छ ।

प्रकाशित : 29 December, 2020

प्रतिक्रिया दिनुहोस्