केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोना संक्रमण हुनेको संख्या विश्वभर ८ करोड २३ लाख नाघ्यो

सहयात्रा टिभी

काठमाण्डौ । पुस १५, विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड २३ लाख २१ हजार ३ सय ५८ पुगेको छ । विश्वभर संक्रमित रहेका २ करोड २१ लाख ५ हजार ९ सय ३९ को स्वास्थ्य अवस्था गम्भीर छ । बुधबार बिहानसम्म कोरोनाबाट १७ लाख ९६ हजार २ सय ६९ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म ५ करोड ८३ हजार २ सय ९८ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।
अमेरिकामा मात्र १ करोड ९९ लाख ७७ हजार ७०४ जनामा संक्रमण फैलिएको छ । अमेरिका सबैभन्दा धेरै संक्रमण फैलिएको देश हो । त्यस्तै दोस्रो संक्रमण फैलिएको देश भारतमा १ करोड २ लाख ४५ हजार ३२६ जनामा संक्रमण भएको छ ।

संक्रमित मुलुक मध्ये ४० औं स्थानमा रहेको नेपालमा संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ जना पुगेको छ । जस अन्र्तगत गत २४ घण्टामा ७०८ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

प्रकाशित : 30 December, 2020

प्रतिक्रिया दिनुहोस्