केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

सहयात्रा टिभी

बाँके । पुस १५, बाँकेमा कोरोना संक्रमणबाट तीन जनाको ज्यान गएको छ । बर्दियाका एक जनासहित बाँकेमा तीन जनाको मृत्यु भएको हो ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ का ७३ वर्षीय पुरुषको मंगलबार राति साढे १० बजे मृत्यु भएको हो । स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई थप उपचारका लागि भेरी अस्पताल लगिएको थियो ।

यस्तै, नेपालगञ्ज उपमहानरपालिका वडा नं. २० का ६६ वर्षीय पुरुषको उपचारका क्रममा सैनिक अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमित उनलाई गत पुस ७ गते अस्पता भर्ना गरिएको थियो ।

यसैगरी, बर्दियाकी ८५ वर्षीया महिलाको पनि उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित : 30 December, 2020

प्रतिक्रिया दिनुहोस्