केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बुधबार कोभिड १९ विरुद्धको खोप लगाउँदै सिंगापुर

सहयात्रा टिभी

काठमाडौं । पुस १५, सिंगापुरमा बुधबार बिहानबाट कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको छ । यो पहिलो चरणको खोप हो ।

पहिलो चरणको खोपको प्राथमिकता सिंगापुरको स्वास्थ्यकर्मीहरुलाई दिने जानकारी गराइएको छ । यहाँको नेसनल सेन्टर फर इन्फेक्सस् डिजिजका स्वास्थ्यकर्मीहरुलाई पहिलो चरणको खोप दिने बताइएको छ । सिंगापुरको स्वास्थ्य मन्त्रालयले सोहि अनुरुप तयारी गरेको जानकारी दिएको छ ।

उक्त एनआइडिसिका ३० जना कर्मचारीका साथै अरु अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मीहरु र अन्य कर्मचारीहरुलाई पहिलो चरणमा खोप लगाइने छ । त्यसपछि महामारी नियन्त्रणका लागी पहिलो पंक्तिमा खट्नुपर्ने अवस्थाका अरु कर्मचारीलाई आगामी वर्षको २०२१ जनवरीमा नै खोप लगाइने बताएको छ ।

त्यसैगरी यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आगामी फेब्रुअरीबाट यहाँका कम्तीमा पनि ७० वर्ष नाघेका बृद्धबृद्धाहरुलाई यो खोप दिने जानकारी छ ।

प्रकाशित : 30 December, 2020

प्रतिक्रिया दिनुहोस्