अष्टलक्ष्मी शाक्य दाहाल नेपाल समूहको बागमती प्रदेश संसदीय दलको नेतामा चयन
सहयात्रा टिभी
काठमाडौँ । पुस १५, नेकपा दाहाल नेपाल समूहको बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरिएको छ ।
काठमाडौंस्थित पेरिसडाँडाँमा बसेको दाहाल नेपाल समूहको बैठकले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।
शाक्यलाई यसअघि नै दलको नेता बनाएर मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकाले आजको बैठकले त्यसलाई अनुमोदन गरेको जनाइएको छ ।
पौडेलविरुद्ध सो समूहले प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ ।