मोरङ र झापामा ४ जना लागुऔषध सहित पक्राउ
सहयात्रा टिभी
विराटनगर । पुस १६, मोरङ र झापामा ४ जना लागुऔषध सहित पक्राउ परेका छन् ।
बुधबार अपरान्ह पौने ५ बजेको समयमा मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट उदयपुरको त्रियुगा नगरपालिका–२ का २१ बर्षिय सुरेन्द्र बस्नेत र १७ वर्षिय अनिश अधिकारी लागुऔषध सहित पक्राउ परेका हुन् ।निजहरुको साथबाट प्रहरीले एभील– १ एम्पुल, लुपिजेसिक– १ एम्पुल, डाईजोल्याब– १ एम्पुल र नाइट्राभेट– १०५ ट्याब्लेट बरामत गरेको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
यसैगरी झापाको भद्रपुर नगरपालिका– ४ डागीवारीबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान हुदै गरेको उक्त कार्यालयले जनाएको छ ।