सभामुख सापकोटाः प्रतिनिधि सभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन

सहयात्रा टिभी

काठमाडौं । पुस १६, सभामुख अग्नी सापकोटाले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई छैन भनी जिकीर गरेका छन् ।

सभामुख सापकोटाले विभिन्न दलआबद्ध महिला सांसदहरुले बुझाएको ध्यानाकर्षण बुझ्दै अहिलेको संविधानले यस्तो परिस्थितिमा प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको भनी दाबी गरेका छन् ।

संविधानले नै नदिएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले संसद विघटन गरेकाले सर्वोच्च अदालतमा समेत आफ्नातर्फबाट सोहिअनुसारको प्रत्युत्तर दिने तयारी भइरहेको पनि उनले बताएका छन् ।

प्रकाशित : 31 December, 2020

प्रतिक्रिया दिनुहोस्