केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जाडोमा मेथीको साग

सहयात्रा टिभी

काठमाडौं । पुस १६, मौसमी फलफूल, सागसब्जी नै शरीरका लागि अनुकुल हुन्छ । किनभने यस्ता फलफूल, सागसब्जी त्यही बेला उत्पादन हुन्छन्, जतिबेला हाम्रो शरीरलाई चाहिन्छ । जस्तो कि, अहिले मेथीको साग । यो सिजनमा पाइने सागसब्जीहरु मध्ये एक हो मेथीको साग ।

विभिन्न स्वास्थ्यबर्दक गुणहरुका कारण मेथीको साग अत्यन्त लाभदायक मानिन्छ । मेथीका यी फाइदा के छ त ?

१. धेरैजसो मानिसहरुलाई पेटसम्वन्धि समस्याले हैरान हुन्छन् । मेथीको हरियो साग खाँदा तपाईंको पाचनतन्त्रले सुचारुरुपमा काम गर्नुका साथै कब्जियत वा ग्यास्ट्रिक जस्ता समस्याबाट छुट्कारा दिलाउँछ ।

२. मेथीको सेवनले जोर्नीको दुखाईबाट मुक्ति दिन्छ । यसको बिउ होस वा पात, दुवैले जोर्नीको दुखाईलाई समानरुपले हल गर्छन् ।

३. मेथीको पात तपाईंको कपालका लागि पनि अत्यधिक लाभदायक हुन्छ । यसको पातलाई पिसेर कपालमा लगाउँदा कपाल कालो, बाक्लो र चमकदार हुन्छ । साथै कपाल झर्न पनि रोकिन्छ ।

४. पेटमा किरा परेको बेलामा पनि मेथीले एउटा सटिक औषधिको काम गर्छ ।

५. मेथीलेरुघाबाट पनि बचाउँछ । यसलाई कुनै न कुनै रुपमा प्रतिदिन सेवन गर्दा रुँघाबाट जोगिन सकिन्छ ।

६. मधुमेहका रोगीका लागि मेथीको सेवन अत्यधिक लाभदायक हुन्छ । प्रतिदिन मेथीको पातको रस निकालेर पिउँदा सुगर नियन्त्रणमा आउँछ ।

७. अनुहारको सुन्दरता बढाउनमा पनि मेथी धेरै प्रभावकारी हुन्छ । यसलाई पिसेर अनुहारमा लगाउँदा त्वचामा चमकका साथै असिलोपन आउँछ । यसका अलावा रुखो त्वचा हुनेहरुका लागि यो अत्यन्त लाभप्रद हुन्छ ।

८. मेथीको हरियो पत्ताको तरकारीमा प्याज हालेर खाँदा तपाईंले रक्तचापको समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ । न्यून रक्तचाप हुनेहरुका लागि पनि मेथीको मसलावाला सागले फाइदा पु¥याउँछ । खासगरी अदुवा र गरम मसला यसमा लाभकारी हुन्छन् ।

९. मेथीको साग दिाहुँ सेवन गर्दा मुटुसम्वन्धी रोगलाई नजिक आउन दिँदैन । यसले हृदयघातको सम्भावनालाई निमिट्यान्न बनाउँछ र तपाईं आफ्नो मुटुलाई पूर्णरुपमा स्वस्थ राख्न सक्नुहुन्छ ।

१०. मेथीको साग प्रतिदिन सेवन वा मेथीको दानाको चुर्ण प्रतिदिन खाँदा तपाईंको वजन नियन्त्रणमा रहन्छ, र बोसोको मात्रा बिस्तारै बिस्तारै कम हुन जान्छ।

११. यदि तपाईंलाई बारम्बार पिशाब आउने समस्या छ भने मेथीको पातको रसले तपाईंलाई निकै फाइदा पुग्छ । दैनिक यसको सेवनबाट तपाईको समस्या बिल्कुल समाप्त भएर जान्छ ।

प्रकाशित : 31 December, 2020

प्रतिक्रिया दिनुहोस्