नदि करिडोर सडक निर्माण सुधारमा सरकारको सक्रियता

सहयात्रा टिभी

काठमाडौं । पुस १७, काठमाडौं उपत्यकाको नदि करिडोरका सडक मर्मत सम्भार तथा विस्तारमा सरकारले निकै सक्रियता बढाएको छ । उपत्यकाका विभिन्न करिडोर सडक निर्माणले तीव्रता पाउनुका साथै विस्तार कार्य पनि अघि बढ्ने भएको छ । वर्षौसम्म निर्माण तथा पिच नभएका नदि करिडोरका सडक निर्माण तथा पिच हुने कार्य समेत अघि बढेको छ ।

नदि करिडोरमा मापदण्डविपरित बनेका भौतिक संरचना हटाउनमा पनि सरकारले सक्रियता देखाएको छ । सरकारले अब भने निर्माण तथा विस्तार कार्यलाई तीव्रता दिन लागेको हो । धेरैजसो ठाउँको करिडोरका सडकहरु पिच भइसकेको छ भने अझै कतिपय ठाउँमा मर्मत संम्भार तथा विस्तार कार्य धमाधम भइरहेको छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत विकास समितिले बाग्मती र सहायक नदि किनारमा मापदण्ड विपरित बनेका संरचनाहरु हटाउनलाई ३५ दिने सूचना समेत जारी गरेको छ ।

प्रकाशित : 1 January, 2021

प्रतिक्रिया दिनुहोस्