चन्द्रगिरी हिल्सको आईपीओ अब सर्वसाधारणलाई

काठमाडौं । पुस १७, चन्द्रागिरी हिल्सले निष्कासन गरेको आईपीओ अब सर्वसाधारणले पनि पाउने भएका छन् ।आयोजना क्षेत्रका प्रभावित एवंम स्थानीयबासीका लागि यसअघि नै जारी भइसकेको सो सेयर अब सर्वसाधारणका लागि खुला हुने भएको छ ।
चन्द्रागिरीले शुक्रबार आह्वानपत्र प्रकाशन गर्दै सर्वसाधारणले उक्त सेयर पुस २४ गतेदेखि २८ गतेसम्म भर्न सकिने जनाएको छ । चन्द्रागिरीले चुक्ता पुँजीको १० प्रतिशतले हुने १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९ सय १० कित्ता सेयर जारी गर्न लागेको हो ।