केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोभिड–१९ को भ्याक्सिन लगाउने दौडमा इजराइल पहिलो स्थानमा

सहयात्रा टिभी

काठमाडौं । पुस १९, इजराइलले आफ्नो १० लाखभन्दा बढी जनतालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको छ । योसँगै इजराइल कोरोनाभाइरसको भ्याक्सिन लगाउने दौडमा अग्र स्थानमा समेत रहेको छ ।

अक्सफोर्ड विश्व विद्यालयसँग आबद्ध वेबसाइटको तथ्यांकअनुसार इजरायलको खोप दिने दर प्रत्येक १०० जनामा ११.५ रहेको छ भने बहरानको ३.४९ र बेलायतको १.४७ रहेको छ ।

तुलनात्मक रुपमा हेर्ने हो भने फ्रान्सले ३० डिसेम्बर सम्म १ सय ३८ जनालाई खोप दिएको छ ।

यस्तै, अमेरिकाले ३० डिसेम्बरसम्म २७ लाखलाई खोप प्रदान गरेको छ । यो अमेरिकाको लक्ष्यभन्दा निकै कम हो किनभने २०२० को अन्त्यसम्म अमेरिकाले २ करोड जनसंख्यालाई खोप दिईसक्ने योजना बनाएको थियो ।

अमेरिकी सरकारका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले भ्याक्सिनको पहिलो डोज धेरैभन्दा धेरैलाई दिने र दोस्रो डोजलाई केही पर सार्ने बेलायतको नीति आफूलाई अस्विकार भएको बताएका छन् ।

इजराइल कसरी अघि आयो ?

इजराइलले डिसेम्बर १९ तारिखदेखि भ्याक्सिन दिन सुरु गरिसकेको हो । यहाँ दैनिक १ लाख ५० हजारलाई खोप दिने गरिएको छ । यहाँ ६० वर्ष माथिका, स्वास्थ्यकर्मी र पहिले नै कुनै रेगद्रारा ग्रसित भएकाहरुलाई प्राथमिकता दिइएको छ ।

महामारीको सुरुवातमा नै यसले फाइजर–बायोएनटेकसँग भ्याक्सिनको आपूर्तिका लागि सम्झौता गरेको थियो । इजराइलले मानिसहरुलाई आफ्नो स्वास्थ्य सेवा प्रणालीमार्फत् खोपको प्राथमिकताका लागि सम्पर्क गरिरहेको छ । इजराइलले आफ्ना सबै नागरिकलाई मान्यताप्राप्त स्वास्थ्य सेवा प्रदायकसमक्ष आफ्नो स्वास्थ्य सम्बन्धि जानकारी दर्ता गर्नुपर्ने नियम पनि लागू गरेको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो देश फेब्रुअरीको सुरुवातमा नै महामारीबाट बाहिर निस्कने अनुमान गरेका छन् । इजराइल हाल देशव्यापी तेस्रो लकडाउनमा छ ।

प्रकाशित : 3 January, 2021

प्रतिक्रिया दिनुहोस्