बुधबारसम्मा वर्षा हुने सम्भावना

सहयात्रा टिभी

काठमाडौं । पुस २०, आगामी तीन दिनसम्म पश्चिमी वायुको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म मौसम बदली र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो ।

“ठूलो वर्षाको सम्भावना भने छैन, बुधबारसम्म घाम लाग्ने सम्भावना भने कमै रहेको छ”, मौसमविद् श्रेष्ठले भन्नुभयो ।

उक्त प्रणाली बुधबारबाट कम हुँदै जाने बताइएको छ । काठमाडौंमा आज बिहान हल्का वर्षा भएको थियो । त्यस्तै उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात पनि भएको छ ।

प्रकाशित : 4 January, 2021

प्रतिक्रिया दिनुहोस्