केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बेलायतमा अझै सात हप्ता लकडाउन

सहयात्रा टिभी

काठमाडौं । पुस २१, बेलायतमा भ्याक्सिनेशन शुरु भइसकेको छ । तरपनि कोरोनाको कहर रोकिएको भने छैन ।

यसैलाई मध्यनजर गर्दै बोरिस जोनसन सरकारले मार्चसम्म सारा देशमा लकडाउनको घोषणा गरेको छ ।लकडाउन ७ हप्ता को लागी रहनेछ ।बेलायतमा कोरोनाबाट झण्डै एक लाख मानिसको निधन भइसकेको छ ।

अहिलेसम्म महामारीबाट ७५ हजार ४३१ जनाको ज्यान गएको छ भने २७ लाख १३ हजार ५६७ जनालाई कोरोना संक्रमण भएका छन्।

त्यस्तै सरकारले फेब्रुअरीको मध्यमसम्म स्कूल बन्द गर्न आदेश दिएको छ । आम नागरिकलाई घरमै बस्न भनिएको छ । एक्सरसाइज दिनमा एक पटक मात्रै गर्न र ४ जनवरीको रातीबाट सबै अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्न भनि निर्देशन दिएको छ ।

प्रकाशित : 5 January, 2021

प्रतिक्रिया दिनुहोस्