उपत्यकाको भिजिविलिटी बढ्यो
काठमाडौं । पुस २२, काठमाडौं उपत्यकामा केही दिनदेखि प्रदूषणका कारण बढेको ‘लेयर’ केही मात्रामा कम भएको छ । मौसमविद् वरुण पौडेलका अनुसार अघिल्ला दिनहरुको तुलनामा आज मौसम खुलेको उनले बताएका छन् ।
“हिजो १५ सय किलोमिटर भिजिविलिटी रहेको काठमाडौंमा आज बढेर चार किलोमिटर भिजिविलिटी पुगेको छ,” मौसमविद् पौडेलले भने, “यसको अर्थ मौसम खुल्दै गएको छ भन्ने हो ।”
घाम लागेका कारण जमिन नजिकै तैरियर बसेको प्रदूषण कम भएको उनले बताए । “घाम नलाग्नु, हावा हुरी नचल्नु र पानी नपरेका कारण स्थानीय रुपमा भएको प्रदूषण जमिन नजिकै रहेको थियो । तर, घाम लागेपछि थौरै क्लियर हुन्छ,” उनले भने, “तर पूरै क्लियर हुन हावाहुरी चल्नुपर्छ, पानी पर्नुपर्छ । जाडो मौसममा हरेक वर्ष यस्तो हुन्छ । बितेको वर्षहरुमा यो समयसम्म दुईतीन पटक पानी परिसक्थ्यो । तर यो वर्ष पानी नपरेकाले यो धेरै देखिएको हो ।”
काठमाडौंको आज विहानको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १८–१९ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।काठमाडौं उपत्याकामा आज मौसम सफा रहने छ । पौडेलका अनुसार सुदूरपश्चिमका हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ भने मध्ये तराईमा रहेको हुस्सु र कुहिरो केही समयमा फाटेर जाने पौडेलले बताए ।