केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरिकामा कोरोनाबाट एकैदिन ३ हजार ४९९ को मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । पुस २२, अमेरिकामा कोरोनाबाट एकैदिन ३ हजार ४९९ संक्रमितको मृत्यु भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै बुधबार बिहानसम्म अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ६५ हजार ६२० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख २५ हजार ५५८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड १५ लाख ७८ हजार ६०६ पुगेको छ भने संक्रमितमध्ये अहिलेसम्म १ करोड २८ लाख ६२ हजार २१६ जना संक्रमणबाट मुक्त भएका छन् ।

वर्ल्डोमिटर्सले जनाए अनुसार उपचार गराइरहेका ८३ लाख ५० हजार ७७० जनामध्ये २९ हजार ७३३ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित : 6 January, 2021

प्रतिक्रिया दिनुहोस्