विराटनगरमा पनि वायु प्रदूषण उच्च
सहयात्रा टिभी
विराटनगर । पुस २३, प्रदेश १ को राजधानी विराटनगरमा वायु प्रदूषण उच्च देखिएको छ । स्थानीय सरकारद्वारा प्रदुषण बढेपछि सर्वसाधरणलाई अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन आग्रह गरेको छ ।
वायु प्रदूषण उच्च तहमा पुगेपछि मर्निङवाक गर्नेलाई पनि घरबाहिर ननिस्कन, हिडडुल नगर्न अनुरोध गरीएको छ । यसका साथै महानगरले फोहर डढाउन र विकास निर्माणको काम पनि रोक्न अपिल गरेको छ ।
चिसो मौसम सुरु भएका कारण धुवा धुलो वायुमण्डलको तल्लो तहमा रहँदा प्रदुषण वृद्धि हुने गरेको छ । गत आइतबारयता काठमाडौंमा पनि वायु प्रदुषण उच्च मात्रामा थियो । अहिले भने काठमाडौंमा अवस्था सुध्रिदै छ ।