ट्राफिक प्रहरी आफैंले हाल्न थाल्यो सडक बत्ती
सहयात्रा टिभी
काठमाडौं । पुस २४, कोटेश्वरबाट–सातदोबाटो–कलंकी सडक खण्डका ट्राफिक प्रहरीले आफै सडक बत्ती राख्ने कार्य शुरु गरेको छ । बिहिबार कलंकी ट्राफिक प्रहरी प्रभागले सो क्षेत्रका विभिन्न ठाउँमा सडक बत्ती जडान गरेको हो ।
कलंकीस्थित सिता पेट्रोल पम्प, एमडी मोटर्स, खसीबजार, भाटभटेनी र भालेश्वर अटो वर्कशप लगायतका स्थानमा सडक बत्ती जडान गरिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका इन्सपेक्टर पुरुषोत्तम कार्कीले जानकारी दिए ।
कोटेश्वर–कलंकी सडक खण्डमा हुने दुर्घटना न्यूाीकरण गर्न ट्राफिक प्रहरी महाशाखाले सडक बत्ती राख्न पहल थालेको हो । रातको समयमा हुने ‘हिट एण्ड रन’का घटना न्यूनीकरण गर्न संघ–संस्था र व्यापारीलाई आग्रह गरेरबत्ती जडान शुरु गरिएको हो ।