केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिहान नियमित बेसार पानी खाँदा हुने फाइदा

सहयात्रा टिभी

काठमाडौं । पुस २४, प्रायजसो व्यक्तिले बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउने गर्छन् । कसैले मन तातो पानीमा मह वा कागती मिसाएर पिउने गर्छन् भने कसैले नुन राखेर पिउने गर्छन् । बिहान उठ्ने वित्तिकै खाली पेटमा मन तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदा नै हुन्छ। तर कमै मात्र व्यक्तिले मनतातो पानीमा बेसार राखेर पिउने गर्छन् ।

खासमा बेसारको फाइदाबारे जानकारी नहुँदा बेसार पानी नपिएको पनि हुनसक्छ । बेसार एउटा यस्तो खान्की हो जसले खानालाई स्वादिलो मात्र बनाउँदैन जस्तोसुकै परिकारलाई पनि पहेलो रङमा बदलिदिन्छ । हामीले परिकारसँग खाएको बेसारले पनि निकै फाइदा पुर्‍याइरहेको हुन्छ । यसमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता रहेको हुन्छ ।

अनुसन्धानका अनुसार नियमित बेसार खाने व्यक्तिलाई सानोतीनो रोगले सताउँदैन । अकस्मात घाँटी दुखेमा वा शरीरमा दुखाइ भएमा बेसार पानी मात्र पिउँदा पनि निकै राहत पुग्छ ।

छालाको समस्याका लागि बेसार अचुक औषधि नै मानिन्छ । बेसनको पीठोमा बेसार र अलिकति मह मिसाएर अनुहारमा लगाउँदा अनुहारमा भएको दाग, धब्बा हटेर जान्छ । बेसारले उमेर नपुग्दै आउने चाउरीपनाबाट समेत बचाउँछ ।

१ः नियमित बेसार पानी पिउँदा यसले रगत सफा गर्नुका साथै शरीरमा रगत जम्न दिँदैन ।
२ः शरीर दुखेको समयमा बेसार खाँदा यसमा रहेको करक्युमिन तत्वले दुखाइ कम गर्न ठूलो भूमिका खेल्छ ।
३ः नियमित बेसार पानी पिउँदा अनुहारमा आउने चाउरीपनाबाट बच्न सकिन्छ । यसले सयम नपुग्दै आउने चाउरीपनालाई रोक्छ ।
४ः नियमित बेसार पानी पिउँदा मधुमेहको खतरा कम हुन्छ ।
५ः बेसारमा करक्युमिन नामक रसाय रहेको हुन्छ । यसले सुन्निएको शरीरमा दुखाई कम गर्ने काम गर्छ ।
६ः बिहान उठ्ने वित्तिकै मन तातो पानीसँग बेसार मिलाएर खाएमा दिमाग तेज हुन्छ ।
७ः बेसारले एक शक्तिशाली एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ । यसले क्यान्सर उत्पादन गर्ने कोशिकाहरुसँग लड्ने काम गर्छ ।

प्रकाशित : 8 January, 2021

प्रतिक्रिया दिनुहोस्