केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतमा माघ ३ गतेबाट कोरोना खोप लगाउन सुरु गरिने

सहयात्रा टिभी

एजन्सी । पुस २६,  भारतमा आगामी माघ ३ (जनवरी १६) बाट कोरोनाविरुद्धको खोप दिन सुरु गरिने भएको छ ।

शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा अग्रस्थानमा खटिने कर्मचारीलाई खोप दिइने छ ।

पहिलो चरणपछि, ५० वर्षभन्दा माथि उमेर भएका व्यक्ति तथा ५० वर्षभन्दा कम उमेर भएपनि विभिन्न रोगबाट ग्रस्त मानिसहरुलाई खोप दिइनेछ । भारतमा यस्ता मानिसहरुको संख्या २७ करोड रहेको सरकारी तथ्यांक छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षमा शनिबार बसेको समीक्षा बैठकपछि स्वास्थ्य मन्त्रालयले खोप उपलब्ध गराउनेबारे जानकारी दिएको हो ।

भारतमा कोरोना खोपको दोस्रो ड्राइ रन जनवरी ८ बाट सुरु भएको छ । खोप वितरणका लागि आवश्यक तयारीका लागि पूर्वअभ्यास थालिएको हो ।

 

प्रकाशित : 10 January, 2021

प्रतिक्रिया दिनुहोस्