देश कसरी जोगाउने भन्नेमा चिन्तित पूर्वराजा शाह

सहयात्रा टिभी

काठमाडौं । पुस २७, पूर्वराजा ज्ञानेन्द्र शाहले देश कसरी जोगाउने भन्ने कुरामा आफू चिन्तामा रहेको बताएका छन् ।

पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा श्रद्धास्मरण व्यक्त गर्न शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले ‘यो समयमा हामीले देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ,’ उनले भनेका छन्, ‘देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरूले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादाअनुरूप व्यवहार भएको छ र राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमान्दारी पनि दर्शाएका छन्। हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरी रहँदै आएको छ।’

उनले जनचाहनाअनुसार शाह वंशले निर्णय लिँदै आएको जिकिर गर्दै उनले अहिलेको व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन्।परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप यहाँ भित्रिएको महशुस आम नेपालीले गर्नुपरेको पनि पूर्वराजा शाहको सन्देशमा उल्लेख गरिएको छ।

प्रकाशित : 11 January, 2021

प्रतिक्रिया दिनुहोस्