दीपिका भिलेन बन्दै

सहयात्रा टिभी

काठमाडौं । पुस २७, बलिउडमा सबैभन्दा रुचाइएको फ्रेन्चाइजका रुपमा ‘धूम’ सिरिजलाई लिइन्छ । सन् २००४ मा शुरु भएको यो फिल्मको कहानी अझै पनि दर्शकको मनमा बस्न सफल भएको छ ।

यो सिरिजले बक्स अफिसमा पनि रेकर्ड ब्रेक गर्ने गरी व्यापार गर्न सफल भएको छ । अब धूम, धूम २ र धूम ३ पछि धूम ४ को पनि चर्चा हुन थालेको छ । अभिषेक बच्चन र उदय चोपडाको रोल त फिल्ममा अनिवार्य जस्तै बनिसकेको छ । सिरिजमा भिलेन भने सधै नयाँ लिने गरिन्छ ।

भारतीय मिडियाहरुका अनुसार ‘धूम ४’ मा भिलेनका रुपमा अभिनेत्री दीपिका पादुकोणले अभिनय गर्ने फाइनल भएको छ । जबकि, यसअघि रणवीर सिंह र शाहरुख खान खलनायकको रुपमा रहने चर्चा हुने गरेको थियो ।

‘धूम ४’ मेकर्सले मन बनाएका छन् कि, पहिलोपटक यो सिरिजमा महिला कलाकारलाई खलनायकका रुपमा प्रस्तुत गर्ने । यो मेगाबजेट फिल्ममा दीपिकिा पादुकोण पनि अभिनय गर्न तयार भएकी छिन् ।फिल्ममा दीपिकालाई चोरका रुपमा देख्न पाइनेछ । कतिपयले यो फिल्मलाई दीपिकाको टर्निङ प्वाइन्ट बन्न सक्ने विश्लेषण गरिएको छ ।

प्रकाशित : 11 January, 2021

प्रतिक्रिया दिनुहोस्