केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जाडोमा स्वस्थकर दुध र सख्खर

सहयात्रा टिभी

काठमाडौं । पुस २७, दुधलाई स्वादिलो बनाउनको लागी कतिपयले त्यसमा चिनी र मह मिसाउने गर्दछन् । तर सबैभन्दा राम्रो फाइदा चाहिँ दुधमा सख्खर मिसाउदा हुन्छ । यसरी सख्खर मिसाइएको दुधमा अधिक मात्रामा सुक्रोज, ग्लुकोज, खनिज तरल र पानी पाइन्छ । यसका साथै क्याल्सियम, फस्फोरस, फलाम र तामा पनि राम्रो मात्रामा पाइन्छ । तातो दुधसँग सख्खर खानु धेरै हिसाबले फाइदाजनक हुन्छ ।

सख्खर खाँदा जोर्नीको दुखाईमा राहत प्राप्त हुन्छ भने यसका लागि सख्खरको एउटा सानो टुक्रा काँचो बेसारसँग मिलाएर खानुपर्छ र साथमा तातो दुध पिउनुपर्छ ।

शरीरलाई न्यानो राख्नका लागि तथा कफलाई बाहिर निकाल्न दैनिक दूधमा सख्खर मिलाएर पिउने गरिन्छ । दुध र सख्खरको सेवन गर्दा रगत सफा हुन्छ । यसलाई पिउँदा शरीरमा रगतको कमि र थकान रहँदैन ।

महिलालाई हरेकपटकको महिनावारीमा हुने पीडाबाट छुट्कारा पाउनका लागि तातो दुधसँग सख्खरको सेवन गर्नुपर्छ । यसका लागि महिनावारी सुरु हुनुभन्दा एक हप्ता अगाडिदेखि दैनिक एक चम्चा सख्खरको सेवन गरौं ।

निद्रा नलाग्ने समस्या छ भने सुत्नुअघि एक गिलास तातो दुधमा सख्खर मिलाएर पिउने गर्नुपर्छ । यसबाट चाँडै निद्रा लाग्नुका साथै शरीरमा उर्जा पनि प्राप्त हुन्छ ।

तातो दुध र सख्खरको सेवनले छाला मुलायम हुन्छ र छालाासम्वन्धी समस्याहरु पनि हट्छन् । कपाल पनि बलियो र चमकदार हुन्छ । कब्जियतको समस्या भएका व्यक्तिहरुले दुधमा सख्खर मिलाएर खानु रामवाण जस्तै हुन्छ । यसले पाचन प्रक्रियालाई पनि राम्रो बनाउँछ ।

गर्भवती महिलालाई डेलिभरीपछि हुन थकावट र कमजोरी भगाउनका लागि दुधमा सख्खर मिलाएर पिउने सल्लाह दिइन्छ । यसबाट आमाको दुध पनि बढ्छ र यसले शरीरलाई न्यानो पनि राख्छ ।

हरेक दिन सख्खरको सानो टुक्रा अदूवासँग मिलाएर खादाँ र तातो पानी पिउदा सख्खर र दुधमा रहेका कैयन् मिनरल्स आइरन र क्याल्सियमले मांशपेशिहरु र जोर्नीलाई बलियो बनाउँछ ।

प्रकाशित : 11 January, 2021

प्रतिक्रिया दिनुहोस्