आजबाट अनलाइन फुड फेस्टिभल सुरु हुदै

सहयात्रा टिभी

अनलाइन फुड डेलिभरी प्ल्याटफर्म फुडमाण्डूको यो वर्षको अनलाइन फुड फेस्टिभल आजदेखि सुरु हुने भएको छ।

फुडमाण्डूले प्रविधिमा आधारित नेपालको सबैभन्दा ठूलो फुड फेस्टिभल सन् २०१७ देखि नियमितरुपमा आयोजना गर्दै आएको छ।कम्पनीले उत्कृष्ट खानेकुराका साथै आफ्ना ग्राहकहरुलाई मनोरन्जनसमेत प्रदान गर्ने आयोजना गरेको जानकारी दिएको छ।

सात दिनसम्म सञ्‍चालन हुने अनलाइन फुड फेस्टिभलमा छुटमा खानेकुरा उपलब्ध हुने, अग्मेन्टेड रियालिटी गेम,पहिलो पटक लाइभ म्यूजिकको फिचर्स पनि थपेको छ।फुडमाण्डूको अनलाइन फुड फेस्टिभलमा पहिलो पटक पोखरामा समेत आयोजना हुने भएको छ । कम्पनीले अघिल्लो सातादेखि पर्यटकीय नगरी पोखरामा आफ्नो सेवा बिस्तार गरेको थियो ।

कम्पनीले वार्षिकरुपमा आयोजना गर्ने अनलाइन फुड फेस्टिभलमा मोबाइल एप्समार्फत् अर्डर गर्ने ग्राहकहरुलाई आकर्षक क्यासब्याकका साथसाथै अधिकतम ५०० सय रुपैयाँ बराबरको २५ प्रतिशतसम्मको छुट अफर दिनेछ । क्यूआरमार्फत् हुने भुक्तानीमा अतिरिक्त छुट हुने छ।अनलाइन फुड फेस्टिभलमा कम्पनीले १ रुपैयाँमा नै ग्राहकहरुलाई खानेकुरा उपलब्ध गराउने छ। गेमहरु खेलेर थप डिस्काउन्ट समेत प्राप्त गर्न सकिने छ।

हामीले अनलाइन फुड फेस्टिभलमा आफ्ना ग्राहकहरुलाई फुड अर्डर बिक्री गर्ने मात्र नभएर मनोरञ्‍जनसमेत दिन चाहन्छौं । यस वर्ष हामी फुड फेस्टिभलमार्फत् उत्कृष्ट खानासहित लाइभ म्यूजिक परफरमेन्समार्फत् मनोरञ्‍जन प्रदान गर्नेछौं । कम्पनीका मार्केटिङ एण्ड सेल्स म्यानेजर श्याम मालीले भने ।

फेस्टिभलमा काठमाडौंमा ३० र पोखरामा १४ वटा रेस्टुरेन्टहरु सहभागी हुनेछन्।

प्रकाशित : 15 January, 2021

प्रतिक्रिया दिनुहोस्