डिशहोमले प्रधानमन्त्री कप २०७७ क्रिकेट प्रत्यक्ष प्रशारण गर्दै

सहयात्रा टिभी

काठमाडौं । माघ ३, डिश मिडिया नेटवर्कले राष्ट्रिय खेलकुद परिषदद्धारा हुने नेपाल क्रिकेट संघ (CAN) द्धारा आयोजीत पीएम कप पुरुष (एक दिवसिय) २०७७ प्रत्यक्ष प्रशारण गर्ने भएको छ । डिश मिडिया नेटवर्क र क्यान विच पीएम कप पुरुष ९एक दिवसिय० २०७७ समझदारी भएको हो ।

काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा माघ २ बाट सुरु हुने पीएम कप पुरुष (एक दिवसिय) २०७७ मा तीन विभागीय टोली र ७ प्रादेशीक टोलिले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन । त्यस्तै, माघ १७ गते सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागिय गरि सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी आर्मी, एपिएफ, कर्णाली, गण्डकी र प्रदेश १ रहेका छन् ।

त्यस्तै, समूह ‘बी’ मा पुलिस, लुम्बिनी, प्रदेश २, बागमती र सुदूरपश्चिम छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुईदुई टोली सेमिफाइनलमा पुग्ने छन् । पहिलो सेमिफाइनल माघ १४ र दोस्रो माघ १५ गते हुनेछ । फाइनल माघ १७ गते हुने छ । यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिताको पनि एक्सन स्पोर्टस्ले प्रत्यक्ष प्रसारण गरेको थियो । दुबै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछ । त्यस्तै, यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिताको पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रकाशित : 16 January, 2021

प्रतिक्रिया दिनुहोस्