केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दुबईको जेलमा ४१ जना नेपाली

सहयात्रा टिभी

यूएई । माघ ०४, संयुक्त अरब एमिरेट्स यूएईको दुबई जेलमा ४१ जना नेपालीले जेल जीवन बिताइ रहेका छन । यूएईको आबुधावीमा रहेको नेपाली दूतावासका अनुसार ४ जना महिलासहित ४१ जना नेपाली दुबईको जेलमा रहेका छन् ।

दुबईको जेलमा रहेका नेपालीको अवस्था बुझ्न यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल सहित श्रम काउन्सिलर नीर्मला थापा, स्थानीय जनसंपर्क अधिकृत (पीआरओ) इरफान आलम दुबईको अल अविरमा रहेको सेन्ट्रल जेलमा पुग्नु भएको हो । जेल पुगेको दुतावासको टोलीले जेलमा रहेका नेपालीको अवस्था, आवश्यक कानुनी सहयोग तथा कागजी प्रकृयाबारे सहजीकरण गरेको थियो ।

अघिल्ला वर्षहरुमा जस्तै वर्षमा दुई पटक जेल भ्रमण गर्ने योजना भए पनि सन् २०२० मा कोरोनाका कारण नीयमित हुन सकेको थिएन । दूतावासले यूएईका सातैवटा एमिरेट्स पुगेर त्यहाँका ८ वटा कारागारमा रहेका नेपालीको मुद्दा, उनीहरु माथि लागेको आरोप र अवस्था बारे जानकारी लिने छ । त्यस्तै उनीहरुलाई लागेको आरोप वा मुद्दाका विषयमा दूतावासले गर्नसक्ने कानुनी सहजीकरण, कानुनी सजाय पूरा गरेर नेपाल फर्किनेलाई हवाई टिकटको व्यवस्था गर्ने योजना अनुरुप अभियान सुरु गरेको यूएईका लागी नेपाली राजदूत कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो ।

यस अघिको तथ्यांक अनुसार यूएईमा नेपालीहरु जेल पर्नुको मुख्य कारण जाडरक्सी भएको उल्लेख छ । अनियन्त्रित रुपमा जाड रक्सी खाने र झै झगडा गर्ने तथा झगडाले उग्र रुप लिदा हत्या समेत भएका घटनामा संलग्न केही अहिले पनि दुबईको जेलमा छन् । त्यस्तै कतिपयले सामाजिक मूल्य र मान्यता विपरीत यूएईमा अवैध क्रियाकलाप गरेर जेल परेका छन् । त्यस्तै केही नेपाली लागु औषध ओसारपोसारमा समेत संलग्न भएकाले जेल परेका छन् ।

यूएईका जेलमा लागु औषध ओसारपोसार तथा कारोबारमा संलग्न रहेका कारण आजीवन काराबासको सजाय समेत सुनाइएकोले त्यस तर्फ सचेत रहन दूतावासले आग्रह गरेको छ । त्यस्तै सामाजिक सञ्जालको दुरुपयोग, अवैधानिक विप्रेषण (हुन्डी), ट्राफिक नियमको पालना, यूएईमा निषेध गरिएका वस्तुहरुको ओसार पसार जस्ता कार्यहरुमा सचेत रहनुपर्ने दूतावासको भनाइ छ ।

प्रकाशित : 17 January, 2021

प्रतिक्रिया दिनुहोस्