आजबाट डिशहोम रियालिटि टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’ शुरु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । माघ ०४, डिशहोमको रियालिटि टिभी (च्यानल नं. १०२) मा रियालिटि शो ‘कलाको मेला’ सुरु हुने भएको छ । मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले आज (आइतबार) बाट डिशहोमको रियालिटि टिभी (च्यानल नं. १०२) मा रियालिटि शो ‘कलाको मेला’ सुरु हुने भएको हो ।
हरेक हप्ताको आइतबार साँझ ७ः३० बजे प्रसारण हुने यो ट्यालेन्ट शो १८ एपिसोडको हुनेछ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्यांकन गर्ने काम निर्णायक मण्डलले गर्नेछन् । डिश मिडिया नेटवर्कको प्रस्तुती रहेको यस कार्यक्रमबाट अवसरको नपाएर बसेका प्रतिभाहरुलाई आफ्नो कला देखाउन पाउने सुवर्ण अवसर हुने डिश मिडिया नेटवर्कको बुझाई रहेको छ ।