रचना र प्रविनको ‘तिमी कस्की छोरी’ सार्वजनिक
सहयात्रा टिभी
काठमाडौं । माघ ०४, गायिका रचना रिमाल र गायक प्रविन वेडवालको स्वरमा समावेश ‘तिमी कस्की छोरी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त र शम्भु घिमिरेलाई देख्न सकिनेछ ।
बन्दीपुरको रामकोटगाउँमा छायांकन गरिएको भिडियोलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । भिडियोमा अशोक कुमारको छायांकन रहेको छ ।